Sunday, June 13, 2021

भारतीय लगानीको अरुण तेस्रोमा भीषण आक्रमण : ४२ गाडीमा तोडफोड र २७ वटा भवनमा आगजनी

काठमाडौं : सङ्खुवासभामा भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोडमा उत्रिएका मजदूर र सतलजको बीचमा सहमति भएको छ । अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल पछि मृतकका परिवारलाई सतलजले ३० लाख, सीडी इन्फ्रा निर्माणले ५ लाख र मजदुरहरुबाट प्रतिव्यक्ति ५ ५ हजार गरेर ५ लाख गरि ४० लाख क्षतीपूर्ती दिने गरि सहमति भएको त्यहाँका मजदुरहरुले जानकारी दिएका छन् । मजदुरहरुका तर्फबाट राजकुमार राई, भक्तराज राई र अशोक कुग्लुङ वार्तामा सहभागी थिए भने सतलजका म्यानेजर अनसुल गोस्ताम सहभागि भएका थिए । बुधबार बिहान साढे सहभागि भएका थिए ।

८ बजे सुरुङभित्र बारुद राख्ने गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका थिए। विद्युत् गृह निर्माणको जिम्मेवारी पाएको पटेल इञ्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदारहरुले कम्पनीका ४२ वटा गाडी तथा जेसीबी तोडफोड गर्नुका साथै २७ वटा भवनमा आगजनी गरेका थिए । त्यस्तै कामदारहरुले वस्तु उत्पादन गर्ने अत्याधुनिक मेसिन र सुरुङ भित्र हाल्ने पाईप तोडफोड गरेका थिए ।

प्रहरी प्रशासनले कामदारहरुलाई नियन्त्रण गर्न सकेको थिएन । कामदारहरु आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताए। कूल रु एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ। अरुण तेस्रो जलविद्युत्को निर्माणको काम एसजेभिएनले गरिरहेको छ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ। विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ। यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ। अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन्।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार