Sunday, June 13, 2021

एमाले नेताको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं : नेकपा एमाले इलामका युवा नेता नवराज शंकरको कोरोना संक्रमणको कारण गएराति निधन भएको छ । एक हप्ताअघि शंकरलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी केही दिन होम आइसोलेसनमा बसे, स्वास्थ्यमा समस्या आएपछि उनलाई विराटनगरस्थित विराट नर्सिङ होममा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । मिजासिलो स्वभावका शंकर इलामका एक कुशल नेता थिए । उनी नेकपा एमाले इलामका कार्यालय सचिव मात्र नभएर विभिन्न संघसंस्थामा समेत आबद्ध रहेर काम गरिरहेका थिए । उनी जिल्ला बाल संगठन इलाममका अध्यक्ष समेत हुन् । देउमाइ नगरपालिकामा जन्मिएका शंकर इलाम नगरपालिका ९ का स्थायी वासिन्दा हुन् ।

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार