Monday, June 14, 2021

मदनपत्नी राष्ट्रपति र उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला छानबिनको निक्यौल गरौँ : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा स्वार्थको रोटी सेक्न छोड्नुपर्ने बताएका छन् । भट्टराईले एमालेका तत्कालीन महासचिव दिवंगत मदनकुमार भण्डरी तथा संगठन विभाग प्रमुख जीवनराज आश्रितको नाममा स्वार्थको राजनीति भइरहेकाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् त्यस्तो गर्न नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन् । ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गरौँ’, उनले ट्वीटरमा लेखेका छन् । ‘नत्र उहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौँ।’ नेताद्वय मदन–आश्रितको २०५० जेठ ३ गते आजकै दिन दासढुंगामा रहस्यमय जीप दुर्घटनामा ज्यान गएको थियो।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार