Monday, June 14, 2021

युके भेरिएन्टभन्दा कयौँ गुणा बढी घातक कोरोनाको भारतीय भेरिएन्ट

काठमाडौं : नेपालमा कोरोनाको दोस्रो लहर भारतीय भेरियन्टको कोरोना भाइरसको भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि गरेको हो । परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो । मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा समेत उल्लेख गरेको थियो । हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको जानकारहरू बताउँछन् । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

नेपालमा देखिएको नयाँ भेरियन्टको कोरोना भाइरस यसअघिको भाइरसभन्दा जटिल र घातक खालको रहेको जानकारहरु बताउँछन् । अहिले आएको नयाँ भाइरस अन्यको तुलनामा आक्रामक र बढी घातक मानिन्छ । प्रसारको हिसाबले यो युके भेरियन्टभन्दा अझै तीब्र गतिमा प्रसार हुने खालको रहेको छ । यसले सबै वर्ग र उमेर समूहका व्यक्तिलाई असर गर्ने स्वास्थ्य विद् बताउँछन् । यो भेरिन्टले बन्द कोठामा बसेको एउटा संक्रमितले सयौंजनासम्मलाई एकै मिनेटमा यो भाइरस सार्न सक्छ । यसले ६०/६५ वर्षका ज्येष्ठ नागरिकदेखि ३/४ वर्षका बच्चासम्म सबैलाई असर गर्ने गर्छ । अहिले धेरै ज्येष्ठ नागरिकहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेकोले उनीहरुमा यसको असर कम पर्छ भन्ने विश्वास गर्न सकिन्छ । यो नयाँ भेरियन्टको भाइरस धेरैमा प्रसार हुने, संक्रमितमा धेरै लक्षण देखिने र यसले मान्छेलाई मृत्युको मुखसम्म लैजाने चरित्रको छ । जुन अघिल्ला भेरियन्टको तुलनामा बढी घातक मानिएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार