Monday, June 14, 2021

बाँकेमा कोरोनाबाट थप १५ जनाको मृत्यु

काठमाडौं : बाँकेमा मंगलबार बेलुकीदेखि बुधबार बिहानसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मंगलबार राति साढे ८ बजेदेखि बिहान साढे ६ बजेसम्म १५ जनाको मृत्यु भएको हो । जसमा बाँकेका सात जना र बाहिरी जिल्लाका आठ जना छन् । सात जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र आठ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार