Monday, June 14, 2021

एमाले कार्यदलको बैठक स्थगित

काठमाडौं । पार्टीको विवाद सामाधान गर्न गठन गरिएको नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको छ । एमाले कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित भएको हो । बुधवार बेलुकी ७ बजेका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित भएको बताइएको छ । बैठक विहीवार बेलुकी ५ बजे बस्ने एक सदस्यले बताए । तीन दिनको कार्यदेश पाएको कार्यदलको समय बुधवार सकिदैछ ।

यसबीचमा कार्यदलको बैठक मंगलबार एकपटक बसेको छ। मंगलवारको बैठकले कार्यदलको आचारसंहिता, कार्यक्षेत्र निर्धारण गर्नेलगायत निर्णय गरेको थियो । २०७५ जेठ २ गते आसपासमा पुग्ने गरी सहमति खोज्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ र नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा दुवै पक्षबाट पाँच–पाँचजना छन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार