Monday, June 14, 2021

तराई फुटाउने रअको योजनामा घीउ थप्ने ओली सरकारले स्वीकृत गरेको राष्ट्रघाती नागरिता विधेयक

करनसिंह बडाल ।

काठमाडौं : तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिराको समयदेखि नै नेपाललाई सिक्किम झै भारतमा गाभ्ने भारतको योजना रहेको छ । रअका तत्कालीन चीफ आरएन काओ र एन्दिरा गान्धीले सन् १९७५ मा सिक्किमलाई जनमत संग्रह गराएर भारतमा गाभेपछि नेपाललाई पनि भारतमा गाभ्ने योजना थियो ( मिसन रअ, आरके यादव ) । तर त्यही समय भारतमा आन्तरिक राजनीतिमा इन्दिरा गान्धि एक्लिएपछि संकटकाल (इमर्जन्सी) लगाउने पर्ने बाध्यतामा परिन् । त्यसपछि सन् १९७९ मा भएको निर्वाचनामा कांग्रेस आईको नराम्ररी हार भयो । त्यसपछि भारतीय राजकीय सत्ताको बागडोर जनता पार्टीका चौधरी चरणसिंहको हातमा आयो । कंग्रेस आईले बनाएको नेपाललाई भारतमा गाभ्ने भारतको योजना तुहियो । तर इन्दिरा गान्धिले स्थापना गरेको रअले भने अहिलेसम्म पनि सके नेपाललाई र नसके तराईलाई भारतमा गाभ्ने अहिले पनि गुप्त रणनीति चलाईरहेको जानकारहरु बताउँछन् ।

वि. स. २०६३ पछि तराईमा करिब ५० लाख बढी भारतीय नागरिकलाई नेपाली नागरिता दिईसकेको सरकारले यस पटक पनि विवादित मानिएको नागरिता विधेयक संसदलाई छलेर बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गम्भीर षड्यन्त्रपूर्वक स्वीकृत गरेको छ । सीके राउतलाई गोटीका रुपमा अगाडी सारेको इण्डो पश्चिमाको सपना पूरा नहुने भएपछि केही समय अघि बैठान गराईयो तर नेपालीहरुलाई अल्पमतमा पारेर तराईमा भारतीय नागरिकको बहुमत पुर्याए नेपालबाट तराई छुट्याउने योजना भने चलिरहेकै छ । त्यही क्रममा भारतीय गुप्तचर संस्था रअको योजनालाई सघाउ पुर्याउने गरी ओली सरकारले संसद छलेर ल्याएको नागरिता विधेयक राष्ट्रघाती हो भन्ने बिषयमा कुनै दुई मत छैन । तसर्थ नेपालको हित विपरित हुने विधेयक खारेज गर्नु आवश्यक छ ।

ओली सरकारले ल्याएको विधेयकको नेकपा एमालेका नेता भीम रावलले पनि विरोध गरिसकेका छन् । नागरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएकाले संविधान भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हित विरुद्ध भएको रावलको धारणा छ । त्यस्तै केही समय पहिले वामपन्थी नेता साध्यबहादुर भण्डारीले ४ सय विदेशीलाई नक्क्ली नागरिकता दिएको आफूसँग प्रमाण भएकोसमेत बताएका थिए । उनले नक्कली नागरिकता यकीन नगरेसम्म नागरिकता विधेयक रोक्न माग गरेका थिए । भारतीयलाई नागरिकता दिँदा रैथाने मधेशी अल्पमतमा पर्ने र विदेशी बहुमतमा पर्ने भारतीय रणनीति सफल हुने देखिन्छ । संसदीय समितिमा पनि गरिकता विधेयकका बिषयमा छलफल हुँदा ५५ जना सांसदले २३ समूहमा १०२ वटा संशोधन दर्ता गराएका थिए ।

नागरिता विधेयकको दफा ५ मा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक मानिने भन्ने व्यवस्था रहेको थियो । त्यस्तै दफा ५ कै उपदफा ३ (क) मा विदेशीसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा निजको बाबु र आमा दुवै नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने उल्लेख गरिएको थियो । विदेशी पुरुषसँग बिहे गरेकी नेपाली महिलाका सन्तानले अंगीकृत नागरिकता पाउनेलगायतका बिषय पनि विवादित बिषय हुन् । त्यस्तै नागरिकता विधेयकको दफा ३ को ४ मा ०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तान बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिक मानिने उल्लेख छ । संविधान जारी हुनुभन्दा पहिले उमेर पुगेका दाजु जन्मको आधारमा नागरिक भयो भने यो समस्या हल गर्नका निम्ति जन्मका आधारमा नागरिकता लिएकाको आश्रति भाइ वा बहिनी भए तीनका हकमा अंगीकृत नागरिकता लिने प्रावधान आर्कषित हुने गृहमन्त्रालयको तर्क थियो ।

यसरी यो विधेयक लागु भएमा नेपालको तराईमा वास्तविक मधेशी अल्पमतमा पर्ने दीर्घकालीन योजना प्रष्ट देखिन्छ । यसले उखु मजदुर बनेर गएका ४०/५० जना मजदुरबाट सन् २००० मा भारतीय मूलका महेन्द्र चौधरीलाई प्रधानमन्त्री बनाए झै भारतको दीर्घकालीन रणनीति नेपाललाई फिजीकरण गर्ने तर्फ रहेको अर्का थरी जानकारहरुको तर्क छ । कहिले नेपालाई भारतमा गाभ्न माग गर्दै गजेन्द नारायण सिंह त कहिले रघुनाथ ठाकुर त कहिले सीके राउतजस्ता पृथकतावादीहरुले तराईलाई नेपाबाट विभान गर्ने प्रयत्न गर्दै आएका छन् । नेपालको भू राजनीतिक संवेदनशीलतालाई वेवास्ता गरेर आफ्नो कुर्सी बचाउन देशलाई भड्खालोमा हाल्ने ओलीले ल्याएको राष्ट्रघाती नागरिता विधेयक फिर्ता लिनुको विकल्प छैन । यसमा सबै देशभक्त, राष्ट्रवादी, प्रगतिशील सबै शक्तिहरुले यसको खारेज गर्न पहल गर्नु पर्दछ अन्यथा यसले नेपाललाई भारतको संरक्षित राज्य हुँदै भारतमा गाभ्ने रअ र भारतीय शासकहरुको दीर्घकालीन रणनीतिमा घीउ थप्ने निश्चित नै छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार