Sunday, June 13, 2021

जनमत संग्रह गराउन संसद भंग गरियो : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जनमत संग्रह गराउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले संसद भंग गरेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै नेता देव गुरुङले संविधान निष्क्रिय भएको अवस्थामा निर्वाचन हुन नसक्ने र निर्वाचन नभएपछि यो संविधान विफल भयो भन्ने बहाना हुन्छ । त्यसपछि संविधानका अन्तरवस्तुहरूका बारेमा जनमत सङ्ग्रह गरेर मात्रै संविधानलाई क्रियाशील गराउन सकिन्छ भनेर मुलुकलाई जनमत सङ्ग्रहमा लैजान खोजेको बताएका छन् । उनले भनेका छन्, हिन्दुराज्य कामय राख्ने कि धर्मनिरपेक्ष राख्ने कि सङ्घीयता राख्ने कि नराख्ने के गर्ने भन्ने विषयको तयारी भइरहेको छ ।

त्यो जनमत सङ्ग्रह गर्दा धाँधली, तिक्डम र षड्यन्त्र गरेर संविधानको अन्तरवस्तु के बनाउनुपर्ने छ, त्यो गराउने र संविधान संशोधन गराउने योजना हो । अन्तरवस्तु २०४७ सालको संविधान फर्काउने हो । त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको इसारामा नाचेको समेत आरोप लगाए । उनले भनेका छन्, अन्तराष्ट्रिय शक्ति केन्द्रहरूको प्रयोगशाला भइरहेको छ नेपाल । शुक्रबार संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन हुन नसकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी थिईन् । उक्त कदम संविधान मास्ने खेल भएको भन्दै विपक्षी गठबन्धनले प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार