Monday, June 14, 2021

जसपा यादव पक्षको कार्यकारिणी समितिको बैठक, ठाकुर र महतोलाई कारबाही गर्न सुझाव

काठमाडौं : पार्टीमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा शुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शुरु भएको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुको सहभागिता भने छैन । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ३१ जना सदस्यको उपस्थिति रहेको छ । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेका छन् ।

गत जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए । तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । तर लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए । बैठकमा सहभागी सदस्यहरुले पार्टीको हितविपरीत अध्यक्ष ठाकुर र महतोले कार्य गरेको हुनाले पार्टीको विधानअनुसार कारवाही गर्नुपर्ने सुझाव दिएको बैठकमा सहभागी ती नेताले बताए ।

बैठकमा अध्यक्ष यादवले जसपाका ४० प्रतिशतभन्दा बढी सांसद ओलीको प्रतिगमनविरुद्धमा रहेको जानकारी नेताहरुलाई गराएका थिए । अध्यक्ष ठाकुर र महतोले सांसदहरुलाई विभिन्न प्रलोभनमा पारेर हस्ताक्षर गराएको कारण अन्य थुप्रै सांसद अहिले त्यसको विरोधमा गएको ब्रिफिङ बैठकमा गरेको स्रोत जनाएको छ । सरकारका लागि कुनै पनि पक्षलाई समर्थन नगर्ने र तटस्थ बस्ने भन्दै अध्यक्ष ठाकुर र महतोले सांसदहरुलाई हस्ताक्षर गर्न लगाएको तर पछि त्यही हस्ताक्षरलाई ओलीलाई प्रधानमन्त्री बनाउनमा प्रयोग गरेको यादवले बैठकमा दाबी छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार