Sunday, June 13, 2021

प्रधानमन्त्री ओलीको हमला : राष्ट्रपतिलाई तिमी भन्ने देउवा असभ्य र संकारविहीन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई असभ्य र संस्कारहीन भएको बताएका छन् । शनिबार बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा सभापति देउवाद्वारा जारी वक्तव्यमा राष्ट्रपतिलाई तिमी, उनीजस्ता असभ्य भाषा बोलेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरे । उनले भने, जारी वक्तव्यमा शेरबहादुर देउवाजीको औपचारीक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईसम्म भन्ने सभ्यता नेपाली कांग्रेससँग रहेनछ । सभापतिको ‘त’बाट राष्ट्रपतिलाई बोलिएको तिमी, उनी, त्यसो गरिन् भन्ने भाषा बोलिएको छ ।

सामन्तवादको दलाली त्यस ठाउँमा एउटा कुलिन घरानिया जन्मसिद्ध श्रेष्ठताको पाखण्डीपनका आधारमा आएको कुनै नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो कस्तो भाषा बोलेर, निहुरिएर, मुडल्किएर, हात मुसारेर के के भाषा बोल्थे । आज तिनै मान्छे जनताका सम्मानित छोरी त्यो पदमा पुग्दा सम्मान गर्नुहुँदैन भन्ने ठान्छन् । राष्ट्रप्रमुखलाई तपाई पनि भन्नु हुँदैन भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन् । अरुलाई तँ, तिमी भन्नु बहादुरी ठान्छन् ।

मलाई अरु त चलेकै थियो तर, नेपाली कांग्रेसका सभापति त्यो स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ र व्यापकता कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो । हामी समाजलाई असभ्य, बेथिति, संस्कारहीन समाजको रुपमा बनाउन खोजेको होइन । सुशासनयुक्त मर्यादित समाज बनाउन खोजेका हौँ ओलीले भने ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार