Monday, June 14, 2021

सत्तरी कटेका ४ जना आफ्नो इगोको चिन्ताका लागि लडिरहेका छन् : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चारजना ७० कटेका मान्छेको महत्वकांक्षाले देश बिग्रदै गएको बताएका छन् । ओलीले पूर्वप्रधानमन्त्री भइसकेका, पार्टी सभापति बनेका, १५ वर्ष पार्टी नेतृत्व गरेका मान्छे नै अहिले लडाइँ लडिरहेको भन्दै उनीहरुको अतृप्त भोकलाई कहिल्यै चित्त बुझाउन नसकिने भन्दै अगस्त्य शैली भएको बताएका हुन्।

‘कुनै भ्रममा नपर्नुहोस्। अहिले अस्वस्थता मच्चाउने को छन् चार पल्ट प्रधानमन्त्री भएका, पार्टी सभापति भइसकेका, ७० भन्दा माथि उमेर कटिसकेका, अब लिनु र दिनु केही नभएका मान्छे अस्तव्यस्तता मच्चाइरहेका छन्। युवाको भविष्य र बालबालिकाको भविष्य होइन। आफ्नो अहम् र आफ्नो इगोको चिन्ताका लागि लडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘१५/१५ वर्ष पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका भएका मान्छे। फेरि आफ्नो अहंकार र आफ्नो इगोको लागि अहिलेको लडाइँ लडिरहेका छन्। यो अस्तव्यस्तता तिनै चारजना मान्छेको स्वार्थ, अतिप्त भोक, कहिल्यै चित्त नबुझाउने, कहिल्यै पेट नभरीने, कहिल्यै तिर्खा नभेटिने अगस्त्य महत्वकांक्षा छ। त्यस महत्वकांक्षाले देश बिग्रदैछ।’

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार