Monday, June 14, 2021

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी, भारतीयले धमाधम नागरिता पाउने बाटो सहज

काठमाडौं । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट पारित गराएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन् । नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

नागरिकतासम्बन्धी अध्यादेश जारी भएपछि अब भारतीय नागरिहरुलाई तराईमा नागरिता प्राप्त गर्न सहज हुने भन्दै जानकारहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा रहेको थियो तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो ।

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार