Sunday, June 13, 2021

कोरोनाको उत्पत्ति कसरी भयो भन्न बारे अनुसन्धान गर्न बाईडेनको निर्देशन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस कसरी उत्पत्ति भयो भन्नेकारे थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । अमेरिकी वैज्ञानिकहरुले यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका छन् । सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको डेढ वर्षसम्म पनि रहस्यमय बन्दै गएको छ । अमेरिकी वैज्ञानिकहरुले यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका छन् । राष्ट्रपति बाइडेनले कोरोना भाइरसका बारेमा थप अनुसन्धान गरेर तीन महिनाभित्र प्रतिवेदन पेश गर्न आफ्ना वैज्ञानिकहरुलाई निर्देशन दिएका हुन् ।

ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको बाइडेनको निर्देशनमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाले विश्वव्यापी समान विचारधारा भएका साझेदारहरूसँग पनि मिलेर काम गरिरहनेछ, ताकि पूर्ण दबाव, पारदर्शीता, प्रमाणमा आधारित अन्तर्राष्ट्रिय अनुसन्धानमा भाग लिन र सबै सम्बन्धित डाटा र प्रमाणहरूको पहुँच पुर्‍याउन चीनलाई दबाब दिन सकियोस् ।’

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार