Sunday, June 13, 2021

सार्वजनिक संस्थाको आयकरमा १९ अर्ब ३६ करोड बढी योगदान

काठमाडौं । नेपालमा संचालनमा रहेका सार्वजनिक संस्थाले आयकरमा एक वर्षमा १९ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ योगदान गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६ ७७ मा सार्वजनिक संस्थानबाट उक्त रकम बराबर आयकर योगदान भएको हो । यो रकम आव २०७५ ७६ को तुलनामा १०.२२ प्रतिशतले बढी हो । तथ्यांक अनुसार एक वर्षको अवधिमा नेपाल दूरसंचार कम्पनी लिमिटेडले सबैभन्दा बढी ६ अर्ब ९१ करोड ३० लाख रुपैयाँ आयकर तिरेको छ । नेपाल आयल निगमले ४ अर्ब ४१ करोड ३० लाख रुपैयाँ आयकर तिरेको छ । राष्ट्रिय वाणिज्य बैंक १ रुपैयाँ ८५ करोड ७४ लाख रुपैयाँ आयकर तिरेको छ । कृषि विकास बैंकले १ अर्ब ७१ करोड ८५ लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ५१ करोड रुपैयाँ आयकर तिरेको छ ।

समग्रमा ४८ अर्ब नाफा
संस्थानहरु एक वर्षको अवधिमा कुल ४८ अर्ब रुपैयाँ बराबर खुद नाफा कमाउन सफल भएको देखिएको छ । संस्थानहरुले एक वर्षको अवधिमा ४ खर्ब ६० अर्ब ३६ करोड आम्दानी गरेका छन् । उनीहरुले एक वर्षमा ४ खर्ब १२ अर्ब ९ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये नेपाल आयल निगमको मात्र खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ रहेको छ । नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ३ करोड ८५ लाख, नेपाल टेलिकमले ९ अर्ब ७४ करोड ९० लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले २ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको तथ्यांक छ ।

 

 

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार