Monday, June 14, 2021

नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको चाहना बारेमा पहिलो पटक बोले पूर्वराजदूत श्यामशरण

काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत एवं विदेश सचिव श्याम शरणले यतिबेला काठमाडौंको राजनीतिक वर्ग र सर्वसाधारण भारतको रोजाइ प्रधानमन्त्री केपी शर्मा ओली नै हो भन्नेमा विश्वत रहेको बताएका छन् । दि इन्डियन एक्सप्रेसमा एक लेख प्रकाशित गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् । राजदूत श्याम शरणले ओलीले नयाँ दिल्लीमा रहेको भारतीय जनता पार्टीको सरकारसँग नेपाललाई राजतन्त्रको मातहतमा हिन्दु राष्ट्रमा पुनःस्थापना र चीनलाई किनारामा राख्ने वाचा गरेको बुझाइ नेपालमा रहेको पनि उल्लेख गरेका छन् । भारतले नेपालमा राजतन्त्र फर्काउन चाहेको हल्ला पनि चलेको उनले उल्लेख गरेका छन् ।

भारतको राष्ट्रिय स्वयंसेवक संघ र अन्य हिन्दु नेताले नेपालमा राजतन्त्र फर्काउन सहयोग गर्न भनी दिएको अभिव्यक्तिलाई यसको बलियो प्रमाणको रुपमा लिइएको समेत उनले जनाएका छन् । साथै, पूर्व राजा ज्ञानेन्द्र शाहको कुम्भमेला भ्रमणले पनि यस्तो अन्दाजलाई बल पुगेको उनले उल्लेख गरेका छन् । सन् २००२ देखि २००४ सम्म र पछि सन् २००४ देखि २००६ सम्म विदेश सचिव हुँदा नेपालको मामिलामा संलग्न हुँदा केही पाठकहरु सिकेको कुरालाई लेखका तीन बुँदामा उल्लेख गरेका छन । पहिलो बुँदामा उनले भनेका छन, ‘नेपाली जनताले लामो र कठिन संघर्षपछि प्रजातन्त्र पाएका हुन् । त्यसैले भारतले नेपालको गणतान्त्रिक प्रजातन्त्रलाई बिनासर्त आफ्नो समर्थन गरेको घोषणा गर्नुपर्छ ।’

दोस्रो बुँदामा उनले भनेका छन्, ‘भारत नेपालसँग राजनीतिको सबै तहमा र सबै राजनीतिक वृत्तमा इनगेज हुनुपर्छ । भारतका प्रमुख स्वार्थहरु पुरा गर्नका लागि निरन्तर इनगेजमेन्टको आवश्यकता पर्दछ । नेपालको आन्तरिक मामिलाबाट टाढा रहने नीतिले चीन लगायत अन्य वैदेशिक शक्तिलाई प्रभाव जमाउन सजिलो हुन्छ ।’ तेस्रो बुँदामा उनले भनेका छन, ‘भारतको नेपालसँगको सम्बन्धमा तराई बेल्ट र यसको ठूलो मधेशी जनसंख्याले महत्वपूर्ण र अपरिहार्य भूमिका खेल्छ । उनले भारतले नेपालमा के भइरहेको छ भन्ने राम्रो मूल्याङ्कन गर्नुपर्ने र भारतको हित कसरी हुन्छ हेर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार