Monday, June 14, 2021

एमाले स्थायी समिति बैठक बस्दै, १२ नेताहरुलाई निष्कासन गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ ५ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्ने र थप निर्णय लिने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

स्पष्टीकरण सोधिएका नेपाल समुहका १२ सांसदलाई कारबाही हुन सक्ने बताईएको छ । स्पष्टीकरण सोधिएकामा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । उनीहरू कसैले स्पष्टीकरणको जवाफ दिएका छैनन् । यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको एमालेले आज थप नेतामाथि कारवाही अघि बढाउने सम्भावना छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार