Monday, June 14, 2021

पार्टी एकता जोगाउन एमालेका दोस्रो पुस्ताका नेताहरुको याक एण्ड यतीमा छलफल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच पार्टी एकता जोगाई राख्नका लागि सोमबार राती छलफल भएको छ। याक एण्ड यति होटेलमा दुई समूहका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो। पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने विषयमा छलफल भएको एमाले स्रोतले बताएको छ। छलफलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी रहेको जनाइएको छ।

मंगलबार बस्ने नेकपा स्थायी समितिको बैठक बस्नुपूर्व पार्टी एकताका लागि दुबै समूहको दोस्रो पुस्ताका नेताहरूबीच छलफल भएको हो । केही दिन अघि स्पष्टीकरण सोधिएका तर जवाफ नफर्काएका २२ नेता अहिले बस्न लागेको स्थायी कमिटी बैठकल कारवाही गरिहाल्ने सम्भावना यो छलफलले न्यून गराइदिएको ठानिएको छ । एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले एमालेलाई एकताबद्ध बनाउने विषयमा दुवै समूहका नेताहरू संवादकै क्रममा रहेको बताएका छन् । दुवैतर्फका नेताहरूले शीर्ष नेतालाई छलफलबारे ब्रिफिङ गरिरहेको नेम्वाङको भनाइ छ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार