Monday, June 14, 2021

उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी गरिएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकले जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको होे ।

निषेध गरिएका केही प्रावधानहरुलाई हटाएर जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको बताइएको छ । जानकारी अनुसार अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिइने भएको छ । आजको बैठकमा काठमाडौं उपत्यकाको अवस्थाबारे छलफल गरिएको छ । पर्सीसम्म समय भएकाले भोलि मात्रै निर्णय गरिने बताइएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार