Monday, June 14, 2021

वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघद्धारा निषेधाज्ञामा विपन्न १७० परिवारलाई राहत वितरण

काठमाडौं : वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले निषेधाज्ञामा विपन्न १७० परिवारलाई राहत वितरण गरेको छ । दैनिक श्रम गरेर छाक टार्नेहरुले निषेधनज्ञामा श्रम गर्न नपाएर बिहान बेलुका छाक टार्न अप्ठेरोमा परेका १७० घर परिवारलाई करिब १ महिनालाई पुग्ने गरी दाल, चामल, नुन र तेल वितरण गरिएको वैज्ञानिक समाजवादी ट्रेड युनियनका संयोजक डीबी सर्वश्रेष्ठले जानकारी दिए । त्यस्तै सो संगठनले केही बिरामीहरुलाई औषधि उपलब्ध गराएको सर्वश्रेष्ठले जानकारी दिए । राहत वितरण झापा, काठमाडौं, ललितपुरको विभिन्न क्षेत्र हरि सिद्धी, ठैब, जावलाखेलमा गरिएको छ । ललितपुरमा टिका घिमिरे र एक नम्बर प्रदेशमा केशाङ लामाको नेतृत्वमा राहत वितरण गरिएको हो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार