Monday, June 14, 2021

एकल राज्यको नेपाल स्वीकार्य हुँदैन : राजेन्द्र महतो

काठमाडौं : जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका छन् । शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए । उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन दिए । मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए । उनले रेशम चौधरीको रिहाइको विषयमा ध्यानमा राखेको जानकारी गराए ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार