Sunday, June 13, 2021

पार्टी एकताका लागि नेपाल समूहको ६ बुँदे शर्त

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले पार्टी एकताका लागि वार्ता र पार्टी पुनर्गठन अभियानलाई सँगसँगै जारी राख्ने निष्कर्ष निकालेको छ । विहीवार र शुक्रवार भएको केन्द्रीय कमिटीको भर्चुअल बैठकपछि एमालेको खनाल–नेपाल पक्षले वार्ताको ढोका बन्द नगर्ने निष्कर्ष निकालेको हो । तर नेताहरुलाई पार्टीबाट निस्काशित गर्ने निर्णय फिर्ता नभएसम्म औपचारिक वार्ता नगर्ने निर्णय पनि बैठकले गरेको छ । त्यतिञ्जेल पार्टी पुनर्गठनका लागि संगठनात्मक अभियानलाई तीब्रता दिइरहने बैठकको निष्कर्ष रहेको वैठकमा सहभागी नेता वेदुराम भुसालले जानकारी दिनुभयो ।

नेकपा बैठकले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग ६ बुँदे शर्त अघि सारेको छ । पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनेपर्ने पहिलो शर्त रहेको नेता भुसालले बताउनुभयो । केन्द्रीय सदस्यहरुको बैठकले निकालेका निष्कर्षलाई स्थायी कमिटीमा छलफलपछि आजै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार