Sunday, June 13, 2021

एकताका लागि माधव नेपाललाई पनि पार्टीमा ओलीकै हैसियत दिनु पर्ने शर्त

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकताका लागि माधव नेपाललाई पार्टी अध्यक्षको जिम्मा दिनु पर्ने शर्त पनि राख्ने भएको छ । पार्टी एकताका लागि ६ प्रधानमन्त्री केपी शर्मा ओलीले बुँदे प्रस्ताव अघि सार्दै एकताका लागि आह्वान गरेपछि नेपाल समूहले पनि ओलीकै हैसित वरिष्ठ नेता माधव नेपाललाई पनि दिनु पर्ने बताएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको पूर्व अवस्थामा फर्काउन नेपाल–खनाल खेमाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन् । तर, माधव नेपाल पक्षले उक्त प्रस्तावलाई षडयन्त्र भन्दै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने र आत्मालोचना गर्नुपर्ने शर्त अघि सारेको छ । साथै माधव नेपाललाई अध्यक्ष बनाउनु पर्ने नयाँ शर्त राखेको समूहकी नेता निरादेवी जैरुले बताएकी छिन् । ‘यदि पार्टी एकता भएछ भने नेपाल कम्युष्टि पार्टी हुँदा प्रचण्ड र केपी ओलीको हस्ताक्षर चल्थ्यो त्यसरी नै गर्नुपर्छ,’ जैरुले भनिन्, ‘सरकार र पार्टीको अध्यक्ष एउटै हुन पाउँनुहुँदैन, कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट सिस्टमले चल्न दिनुपर्छ ।’

उता, ओली पक्ष पनि यस्तो शर्त मान्न त के सुन्न समेत तयार रहेको छैन । ओली पक्षका नेता महेश बस्नेतले माधव नेपाल पक्षले एकपछि अर्को शर्त राखेर पार्टी विभाजनको बाटो रोजेको आरोप लगाए । ‘माधव कमरेड अध्यक्ष बन्ने हो भने पनि त पार्टीको महाधिवेशनअनुसार विधि र पद्धतीअनुसार बन्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘शर्तमाथि शर्त राख्नु भनेको कम्युनिष्ट आन्दोलनलाई धरासायी पार्ने र आफ्ना स्वार्थका लागि जनताको समृद्धिको चाहनालाई चकनाचुर पार्ने दिशा अघि बढ्नु हो ।’

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार