Monday, June 14, 2021

छलिलाल बिश्वकर्मालाई मन्त्री नबनाएपछि ओली समूहमा बबण्डर

काठमाडौं : लामो समयदेखि नेकपा एमालेमा राजनीति गरेको दलित समुदायका नेता हुन् छबिलाल बिश्वकर्मा । दलित समुदायका नेता भए पनि एमालेको माथिल्लो तहमा पुगेका नेता छबिलाल विश्वकर्मालाई यसपटक पनि मन्त्री नबनाएपछि ओली समूहमा असन्तुष्टि सतहमै देखिन थालेको छ । नेकपा एमालेमा नेता विश्वकर्माले भारतीय प्रवासी मंच, मुक्ति समाज र सम्पर्क मंच लगायतको संगठनमा प्रमुख भएर महत्वपूर्ण भूमिका खेलेका भएपनि उनको पटक पटक पार्टीले अवमुल्यन गर्दै आएको भन्दै ओली समूहमा असन्तुष्टि चुलिएको हो । ओली पक्षीय नेताहरुमा सुरु देखि नै साथ दीईरहने मध्येका एक हुन छबिलाल विश्वकर्मा ।

ओली समूका एक केन्द्रीय सदस्य भन्छन्, नेकपा एमालेको अन्तरसंघर्षमा कमरेड लबिलाल विश्वकर्माले ओलीलाई दह्रो साथ दिदै आएका छन् । तर दुखद कुरा भन्नु पर्छ, दलित समुदाय र इमान्दार नेता भएर होला सायद नेकपा एमालेमा ओली पक्षीय स्थायी कमिटीमा सबै भन्दा कम अवसर पाउने नेतामा पर्छन । कमरेड विकको संघर्ष र योगदानलाई हेरेर कमरेड बिकलाइ पहिले नै मन्त्रीको रुपमा हेरिएको थियो तर कमरेड ओलीकै अनिच्छाले उहाँलाई छुटाईयो ती नेताले भने । त्यस्तै उनी अगाडी भन्छन्, ओलीको पहिलो र दोश्रो दुवै कार्यकालमा उनलाई मन्त्रीको रुपमा हेरिएको थियो । तर दुवै पटक परेनन । उनीमाथि अन्याय हुनु भनेको दलित समुदाय माथिको अन्याय पनि हो ।

पछिल्लो पटक लबिलाल विश्वकर्मा रुपन्देही एक बाट निर्वाचित सांसद थिए । शालिन र भद्र व्यक्तित्व, सकेसम्म असन्तुष्ट बाहिर जाहेर नगर्ने खालको उनको स्वभाव रहेको एमालेका नेताहरु बताउँछन् । उनी दोश्रो जनआन्दोलन पछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा कृषि मन्त्रि बनेका थिए । मन्त्री पद आफै नमाग्ने स्वभावका कारण उनी नेतृत्वको नजरमा नपरेको हुन सक्ने कार्यकर्ताको बुझाइ छ । उनलाई मन्त्री नबनाएपछि ओली समूहको लुम्बिनीमा असन्तुष्टि भुसको आगो झै फैलिरहेको एमालेका नेताहरु बताउँछन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार