Friday, July 30, 2021

बहुल राष्ट्र राज्य र महतोमाथि एक खण्डन : सुमहेत लुङ्ग

अहिले स्वाभाविक रूपमा राष्ट्र के हो राष्ट्र राज्य, बहुराष्ट्रिय राज्य र बहुल राष्ट्रिय राज्य के हुन् भन्ने बिसयमा बहस पैदा भएको छ । यसमा देश तथा विदेशमा रहेका प्रांज्ञ व्याक्तित्व, राजनीतिज्ञ र सामाजिक अभियानताहरु बढी सहभागी हुनुहुन्छ अथवा यो महामारीको विषम परिस्थितिमा पनि हजारौं मानिसहरूले यस विसयमा चिन्तन गरिरहनु भएको छ । बहसमा विविधतायुक्त दृष्टिकोणहरु छन् तापनि अत्यन्तै स्वागतयोग्य कुरा हो यो ।

यस बहसको पृष्ठभुमि माथी विश्लेषण गर्दा नेपाली राजनीतिमा मधेसका उपल्लो बर्गको उपस्थिति या अस्तित्व (देशको भूराजनीतिक अवस्थिति, मधेसको भौगोलिक अवस्था र अति दुर्गमताका कारण) विगत लामो समयदेखि निरन्तर रहदै आएको छ । जसले मधेसी जनताको नाममा सत्ता स्वार्थ लिने बाहेक मधेसी जनताको मुक्ति चाहदैनन् बरु स्वार्थ सिद्ध गर्न देशमा वैदेशिक हस्तक्षेप गरि माग्न खुलेआम अमुख देशलाई गुहार्ने गर्छ । बेलाबखत त्यही बर्गका एक प्रतिनिधि पात्र हुन् राजेन्द्र महतो । उही राजेन्द्र महतो मन्त्री हुने बित्तिकै आफ्नो मन्त्रालयको कार्यकक्षमा पुगेर बढो हुंकारका साथ बहुल राष्ट्र राज्यको बारेमा बोलेका थिए । उसैको अभिव्यक्तिलाई आधार मानेर बहस सुरु भयो र चलिरहेको छ । यसमा पक्ष, विपक्ष र स्वतन्त्र बिचारहरु अगाडी आएका छन् । यस उपर हाम्रो बिचार दृष्टिकोण के हो त ?

नेपाल राज्य (गोर्खा राज्य) बाट लिम्बुवान, खम्बुवान, तामाङसालिङ, नेवाहरु जस्तै मिथिला, भोजपुरा, अवध र थारुवान वा मधेस र मधेसी जनतामाथी गोर्खा राज्य विस्तार संगै निरन्तर रूपमा बर्बर उत्पीडन हुदै आएको छ । उत्पीडनकै कारण गरिबी र अशिक्षा बाट ग्रसित छ मधेस । लाखौं मधेसी जनताहरु भोक मेटाउने खान, तिर्खा मेटाउने पानी, आङ छोप्ने लत्ताकपडा पनि राम्रो संग पाउदैनन् । त्यहाँ पुगेपछि लाग्छ उनिहरु मानिस नै होइनन्, भएपनि देशका नागरिक होइनन् । यस्तै यस्तै । तर यही मुद्धाहरुको व्यापार गर्ने राजनैतिक सामाजिक दलालहरुको कमी छैनन् मधेसमा । उनीहरु सबै उपल्लो बर्गका मानिस हुन्छन्, हिजोका जमिनदार सामन्तहरु हुन्छन् । हिजो राजाको निगाहमा शासन शोषण गर्थे, आज अमुख देशको इसारामा शासन शोषण गर्ने प्रवृत्तिका बर्ग,गोर्खा राज्य विस्तारको समय सन्दर्भ र आवश्यकतालाई अपव्याख्या गरेर स्वतन्त्र मधेसको नारा जप्ने बर्ग, मधेसी जनताको शोषण गरेर मधेसको मसिहा ठान्ने बर्ग ।

यो बर्गका जुन कुनै प्रतिनिधिले बहुल राष्ट्र राज्यको कुरा गरेको होस् प्रथमतः सैद्धान्तिक हिसाबले नै यो पुर्णतः गलत हुन्छ । नेपाल राष्ट्रिय राज्य बिल्कुलै होइन र बहुल राष्ट्रिय राज्य त झन् कदापि होईन बरु बहुराष्ट्रिय राज्य हो । अझ राजेन्द्र महतोको हुंकार पृथकतावादी चिन्तनको पराकाष्ठा हो । यो चिन्तन यस मानेमा खतरा छ कि यो मुक्ति नभई मृत्यु हुन्छ । किनभने सत्ता स्वार्थका लागि जनता, राष्ट्र र देशप्रती बेमतलवी हुन्छ र जुनकुनै कदम पनि चाल्न सक्छ । त्यसैले अन्ततः यसप्रकारको अभिव्यक्ति सत प्रतिशत विखण्डनवादी मानसिकता बाट निस्किएको अभिव्यक्ति हो । यसकारण यसप्रकारको बिचारधात्मक दृष्टिकोणलाइ सबै क्षेत्रबाट निशेध गर्नु आजको अपरिहार्य आवस्यकता बन्न पुगेको छ ।
के हो र होइन राष्ट्र ?

मानव समाजको विकास क्रममा राष्ट्र (जाति) हरुको उत्पत्ति तथा विकास सामन्तवादको उत्तरार्धतिर र पुँजीवादको प्रारम्भिक कालहरुमा भएको पाइन्छ । राष्ट्र निर्माणका केही आधार भने कुनै बेलाका कबिला गोत्र समुहहरु हुन् । गोत्र तथा बंशहरुले एक अवस्थामा राष्ट्र बन्नका लागि मजबुत भूमिका खेल्न पुगे । तथापि राष्ट्र निर्माणका लागि यो मात्र आधार होईन । मुलतः विविध प्रजाती तथा नश्लहरुबाट राष्ट्रहरुको निर्माण भएको तथ्य इतिहासहरु छन् । जस्तो इटली जातिको निर्माण रोमन, ट्युटन, इटुस्कार, ग्रीक र अरबीहरुको मिश्रण बाट बनेको थियो । त्यस्तै फ्रेन्च जातिको निर्माण गौल, रोमन, ब्रीटेन र ट्युटन आदिबाट बनेको थियो । चिनियाँ हान जातिको विकास चिङ र मन्चुहरु हान जातिमा गाभिएर विसाल हान जातिको निर्माण भयो । नेपालमा लिम्बु जातिको निर्माण इतिहासकार स्वर्गीय इमानसिङ चेम्जोङको अनुसार लासा वंशीय, कासी वंशीय र ताइस्यान (सान मक्वानी) वंशीय मिलेर बनेको हो । त्यस्तै हरेक राष्ट्रहरुको ऐतिहासिक विकासक्रम छन् ।

के हो राष्ट्र जाति ?
राष्ट्र आधारभूत रूपमा मानिसहरुको एउटा निश्चित समुदाय हो । यो कुनै नश्लीय अथवा प्रजातीय नभई बरु ऐतिहासिक दृटिले स्थापित र स्थिर समुदाय हो । तर सबै स्थिर समुदाय राष्ट्र बन्न सक्दैनन् जस्तो लिम्बू र याख्खा । कयौं याख्खाहरुमा लिम्बु राष्ट्रमा विलय हुने प्रवृति पनि छ । त्यसैले एउटा राष्ट्र बन्नका लागि साझा भाषा अनिवार्य हुन्छ । साझा भाषा भएर मात्र पनि पुग्दैन, जस्तो नेपालमा खस आर्य भाषा सबै जातिहरुको बोलचालीको हिसाबले साझा भाषा जस्तै भएको छ, तर लिम्बू तामाङ, नेवा र तमु खस आर्य राष्ट्र हुन सक्दैनन् किन किनभने उनीहरु हरेक जातिहरुको आफ्नो साझा र बलियो सांस्कृतिक सम्बन्ध स्थापित छ । यसकारण राष्ट्र भनेको साझा भाषाको विकास, साझा सांस्कृतिक सम्बन्ध, साझा आर्थिक जीवन पद्धतिको निर्माण, साझा भौगोलिक बनावट र बसोबासको स्थिरता लगायतको सम्पुर्णता नै राष्ट्र हो ।

राष्ट्र राज्य के हो ? बहुराष्ट्रिय राज्य र बहुल राष्ट्रिय राज्यमा फरक के हो त ? संघियता समाजवादको आधार बन्न सक्छ सक्दैन ? समाजवादले संघीयता स्विकार्छ या स्विकार्दैन ? स्वायत्तता र स्वशासनले मात्र उत्पीडित राष्ट्रको मुक्ति संभव छ ?

क्रमशः

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार