Friday, July 30, 2021

विपक्षी गठवन्धनको धर्नापछि कांग्रेस नेता पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी गठवन्धनले धर्ना दिएपछि कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पाखरेललाई नियुक्त गरिएको हो । प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ सांसदको हस्ताक्षरसहित हिजो दावी पेश गरेका थिए भने आज मुख्यमन्त्री गुरुङले पनि दावी गरेका थिए ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार