Friday, July 30, 2021

ओलीका कारण गण्डकी प्रदेश सरकार ढल्यो : पृथ्वीसुव्वा गुरुङ

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेदार रहेको बताएका छन् । । मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकार ढल्नुमा एक व्यक्तिलाई मात्र दोष दिन नमिल्ने पनि बताए । प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको गुरुङको भनाई थियो । सत्ता प्राप्ति र कुर्सीको लागि गरिने गठबन्धनले सत्ता र कुर्सी तलमाथि हुने वित्तिकै विग्रह शुरु हुने दावी गरे ।

आफ्नो सरकारले ल्याएको बहुवर्षीय योजना समयमै सक्ने विषयमा अहिलेको सरकारको ध्यान जानुपर्ने सुझावसमेत दिए ।  नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङ गण्डकी प्रदेशमा २०७४ फागुन ४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । साथै दोस्रो कार्यकालका लागि उनी गत वैशाख २९ मा मुख्यमन्त्री नियुक्त भएकोमा संसदमा विश्वासको मत गुमाउँदा पदच्यूत भएका थिए ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार