Friday, July 30, 2021

कर्णालीका ३ मन्त्री सांसदबाट निलम्बित

काठमाडै । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारमा रहेका ३ मन्त्रीलाई शुक्रबार सांसदबाट एक महिनाका लागि निलम्बन गरेको छ । ती मन्त्रीहरूले भने संसदीय दलको निर्णय अवैधानिक भन्दै कानुनी उपचार खोज्ने बताएका छन् ।

हाल एमालेबाट निर्वाचित नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही माओवादी नेतृत्वको सरकारमा छन् । करिब एक साताअघि एमालेले तीनै जनालाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको थियो तर उनीहरूले मन्त्रीबाट फिर्ता हुन मानिरहेका छैनन् ।निर्देशन अटेर गर्दै फिर्ता नभएपछि एक महिनाका लागि निलम्बन गरिएको संसदीय दलले जनाएको छ । प्रमुख सचेतक गुलावजंग शाहले एमालेले कर्णाली सरकारबाट बाहिरिने निर्णय गरिसक्दा पनि सरकारमा रहनु असंसदीय व्यवहार भएको बताए ।

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले तीन मन्त्रीका साथै अर्का सांसद प्रकाश ज्वालालाई सांसदबाट पदमुक्त गरेको थियो । पदमुक्तपछि तीन सांसद स्वतन्त्र हैसियतमा सरकारमा गएका थिए । जेठ २७ गते सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्बहाली गर्न भनेपछि एमालेले मन्त्रीबाट बाहिरिन निर्देशन दिएको थियो । पदमुक्तसम्बन्धी मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।मन्त्री थापाले सर्वोच्चले पुनर्बहाली गरिसकेको अवस्थामा निलम्बनको नाटक गर्नु हास्यास्पद भएको र यसविरुद्ध कानुनी उपचार खोजिने बताए ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार