Friday, July 30, 2021

माधव नेपालको आह्वान : कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लागौं

काठमाडै । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको बताएका छन् । एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा एक वक्तव्य जारी गर्दै नेता नेपालले राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गरिएको बताए ।शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो, उनले भनेका छन्।उनले अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका मदन भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्‍सवादको सिर्जनात्मक प्रयोग र विकासको नयॅा आधार निर्माण गरिको पनि स्मरण गरे ।

उनले भने, यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने ,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दुस्ख ( सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो।नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकतालाई आग्रह गरे ।अतः विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक –आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक वेथिती र अन्यायको अन्त्य गर्दै नेकपा ९एमाले०, सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा आह्वानसहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु,ु नेपालले लेखेका छन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार