Friday, July 30, 2021

कोभिड– १९ प्रतिकार्यका लागि अब गाउँ(गाउँमा जनस्वास्थ्य निरीक्षक खटाइने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस ९कोभिड–१९० प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोरोना संक्रमणको दोस्रो लहर ओरालो लाग्न थालेपछि बल्ल सरकारले प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो ।

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४८ हजार ८५ र एन्टिजेन परीक्षणबाट ३९ हजार ९१० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको आँकडामा उल्लेख छ । कोरोना संक्रमणबाट हालसम्म देशमा ९ हजार २६३ जनाको मृत्यु भइसकेको छ ।कोरोना संक्रमणको पहिलो लहरमा र दोस्रो लहर उत्कर्षमा पुग्दासमेत कोभिड–१९ प्रतिकार्यका लागि देशभर निरीक्षक परिचालन गर्न नसकेको स्वास्थ्य मन्त्रालयले अब भने देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भएको हो ।

सरकारले कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहमा परिचालनका लागि तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘कोभिड प्रतिकार्यका लागि स्थानीय तहमा रहेका योग्य जनशक्तिलाई खटाउने छौं,’ उनले भने, ‘जहाँ जनस्वास्थ्य अधिकृत छैनन्, त्यहाँ मन्त्रालयले अस्थायी नियुक्ति दिन्छ ।’ जिल्ला(जिल्लामा म्यापिङ गर्न पत्र पठाइसकेको जानकारी दिँदै उनले पत्रको जवाफ आएपछि आवेदन खुला गरेर प्रक्रियामा जाने बताए ।

प्रतिकार्यका लागि कहाँ कति जनशक्ति ?

कार्यविधिमा उल्लेख भएअनुसार कोभिड–१९ प्रतिकार्यका लागि सरकारले देशका कुल ७५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५÷५ जना जनस्वास्थ्य निरीक्षक परिचालन हुने छन् ।
११ वटा उप–महानगरपालिका ३÷३ जनाका दरले निरीक्षक रहनेछन् भने २७६ नगरपालिकामा २÷२ निरीक्षकलाई खटाइने कार्यविधिमा उल्लेख छ । यस्तै ४६० गाउँपालिकामा १÷१ जना सातौँ तहका जनस्वास्थ्य अधिकृत खटाइने भएको छ ।
कोभिड–१९ को प्रतिकार्यका खटिने जनस्वास्थ्य निरीक्षकको तलब स्केल ३७ हजार ८७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता अर्थात् १८ हजार ९३५ रुपैयाँ गरी कुल ५६ हजार ८०५ रुपैयाँ हुने कार्यविधिमा उल्लेख छ ।
कामको सिलसिलामा कोभिड–१९ संक्रमित भएमा त्यस्ता निरीक्षकलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने छ भने स्वास्थ्यकर्मीले पाउने जीवन बीमा सुविधासमेत उनीहरुलाई उपलब्ध गराइने भएको छ ।

जनस्वास्थ्य निरीक्षकको कार्य तथा जिम्मेवारी

कोभिड–१९को प्रतिकार्यमा लाग्ने जनस्वास्थ्य निरीक्षकले स्थानीय तहमा संक्रमण रोकथामका गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ । स्थानीय तहमा खटिने जनस्वास्थ्य निरीक्षकले ‘केस इन्भेस्टिगेसन’ तथा ‘कन्ट्याक्ट टे«सिङ’, स्क्रिनिङ, हेल्थ डेस्क, क्वारेन्टिन, आइसोलेशन, उपचार, सञ्चार गतिविधिहरु सञ्चालनमा विशेष जोड दिने डा। पौडेलले बताए ।

जनस्वास्थ्य निरीक्षकले जोखिम पहिचान भएका स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट सूचना संकलन गरी विश्लेषण गर्ने र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
यस्तै, कार्य क्षेत्रमा जनस्वास्थ्यको मापदण्ड पालना भए–नभएको अनुगमन गर्ने, जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, कोभिडसम्बन्धी परामर्श, मापदण्ड पालना नगर्नेलाई कारवाहीका लागि सिफारिस गर्ने अधिकार पनि जनस्वास्थ्य निरीक्षकमा हुन्छ ।कार्यविधिमा जनस्वास्थ्य निरीक्षकहरुको कार्यावधि एकवर्ष हुने उल्लेख छ । यद्यपि महामारीको अवस्था हेरेर कार्यावधि थप गर्ने व्यवस्था गर्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार