Friday, July 30, 2021

अर्थमन्त्री शर्माका दुई महत्वपूर्ण निर्णय, खोप किन्न ५ अर्ब र स्वास्थ्यकर्मीको जोखिमभत्ता स्वीकृत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गर्नुभएको छ । अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले स्वास्थ्यकर्मीहरूका लागि जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गर्नुभएको छ । सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहने बताउँदै अर्थमन्त्री शर्माले महामारीको समयमा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक रहेको बताउनुयभो ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो । आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय पनि गरेको थियो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार