Friday, July 30, 2021

ओली र विप्लवको बीचमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । आज विहान ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ । भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी थिए । ओली नेतृत्वको अघिल्लो सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपासँग भएका सहमति कार्यान्वयनका लागि विप्लवले राजनीतिक भेटवार्ता तीव्र पारेका हुन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार