Friday, July 30, 2021

ओलीको आक्रमणबाट बचाउन नेपालको घरमा इन्सपेक्टरको नेतृत्वमा प्रहरी परिचालन

काठमाडौं : युवा संघ रौतहटको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै रौतहटमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा कडा सुरक्षामा राखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको नेता नेपालको घरको सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले युवा संघले चन्द्रनिगाहपुरमा गर्ने भनेको विरोधको क्रममा नेपालको घरमा क्षति पु¥याउनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

चन्द्रपुर नगरपालिका–४ मा रहेको नेता नेपालको घर प्रवेश गर्ने दुवै तर्फी बाटो र घर अगाडि प्रहरी परिचालन गरिएको छ । सो बाटो हुँदै आवतजावत गर्ने स्थानीयमाथि प्रहरीले कडा निगरानी गरिरहेको छ । केही वर्ष अगाडि मात्र निर्माण गरिएको उक्त घरमा हाल आरडीसी नेपाल नामक संस्थाले भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । नेता नेपाल रौतहट आएको बेला सोही घरमा बस्ने गरेका छन् । उनको जिल्ला सदरमुकाम गौरमा पनि घर रहेको छ । त्यहाँको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार