Thursday, April 22, 2021

सरकार र विप्लवको बीचमा दोस्रो चरणको वार्ता सम्पन्न, सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

झापा : फागुन १९ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बीच दोस्रो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विद्रोही नेकपाका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्मान भएको हो । सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न भएको बताए । उनले भने, नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार