Sunday, September 26, 2021

विप्लव समूहका एक हजार बढी नेता/कार्यकर्ता रिहा हुँदै

काठमाडौं : विप्लव समूह सरकार र विप्लव समूहबीचको बीचमा तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन् । यसअघि विप्लव समूहले आफ्ना एक हजार बढी नेता कार्यकर्ता राज्यले नियन्त्रणमा लिएको बताउदै आएको थियो । सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत पर्नेछन् । सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने उल्लेख छ । साथै विप्लव समुहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने भएको छ । सरकारले दुई वर्ष अघि फागुन महिनामै हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समुहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार