Tuesday, April 20, 2021

३५३५ नमुना परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :२२ फागुन । पछिल्लो २४ घण्टामा देशभर ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ५ सय ३५ जनाको नमुना परीक्षण गर्दा १४ महिला र ३३ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ । उनीहरुमध्ये २ लाख ७० हजार ८२८ जना निको भएका छन् भने ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने ६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८१७ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार