Tuesday, April 20, 2021

इण्डियन आइडल बन्द हुने

काठमाडौं । भारतको गायन रियालिटी टिभी शो ‘इण्डियन आइडल’ बन्द हुने भएको छ । सन् २००४ देखि सञ्चालन हुँदै आएको चर्चित शो यही मार्च अन्तिमदेखि बन्द हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दैनिक जागरणमा प्रकाशित समाचार अनुसार सोनी च्यानलले यो शोलाई बन्द गरेर नयाँ शो ल्याउने तयारी गरिरहेको छ । अहिले यो शोको १२ औं संस्करण चलिरहेको छ । तर शोको टीआरपी कम हुँदै गएपछि शो बन्द गर्ने निर्णयमा सोनी टेलिभिजन सञ्चालक पुगेको बताइएको छ । समाचार अनुसार निर्माताले मार्च अन्तिममा शो बन्द गर्ने निर्णय लिएका छन् । ‘इण्डियन आइडल’लाई बन्द गरेर ‘सुपर डान्स च्याप्टर ४’ सँगै दुई ठूला रियालिटी शो ल्याएर आफ्नो टीआरपी बढाउने योजना सोनी च्यानलको रहेको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार