Thursday, April 22, 2021

सन्दीपको गीतमा टिकटकबाट चर्चा कमाएका स्मारिका र समारिकाको अभिनय

काठमाडौं : लालुमैको अपार सफलतापछि गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत सानबाबुको भिडियो रिलिज गरिएको छ ।  जसमा सन्दीपसँगै गायिका सम्झना भण्डारीको श्वर रहेको छ । सुदिप सागर, गोविन्द अनेक, सुनितामी परियार र विमला परियारको सामूहिक स्वरमा रहेको गीतमा शब्द र संगीत स्वयम् गायक सन्दीपकै रहेको छ ।

जसमा संगीत संयोजन संगीतकार सु्दिप सागरको रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा  टिकटकबाट चर्चा कमाएका सुन्दरी दिदी बहिनी स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको छमछमी देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन  विष्णु शर्माले गरेका हुन् । शिव हमालको च्यानबाट बजारमा आएको गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए । सन्दीपका यसअघि लालुमै, ओक्कल दोक्कल काली भन्न मिलेन, लगायतका गीतका भिडियोले चर्चा कमाएका छन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार