Thursday, April 22, 2021

विद्यालयलमा साढे ४ करोड रूपैयाँभन्दा बढी बेरुजु

इलाम । जिल्लाका १ सय १५ विद्यालयलक निर्माणमा खर्च गरेको साढे ४ करोड रूपैयाँभन्दा बढी बेरुजु फस्र्योट हुन सकेको छैन। भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापनलगायतमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत् खर्च भएको रकम झन्डै दशकदेखि फस्र्योट हुन बाँकी रहेको देखिएको छ। शिक्षा विकास तथा समन्वय इकाईले एउटै विद्यालयबाट २० लाख रूपैयाँसम्म बेरुजु बाँकी रहेको जनाएको छ। लामो समय बेरुजु फस्र्योट नभएपछि इकाई कार्यालयले विद्यालयको नाम र बेरुजु रकमको सूचीसमेत सार्वजनिक गरेको छ। केही महिनाअघिसम्म कार्यालयले विद्यालयमा भएका भौतिक निर्माणको झन्डै ९ करोड रूपैयाँ बेरुजु फस्र्योट गर्न बाँकी थियो। तर साढे ४ करोड हाराहारी रकमको हिसाब–किताब र कागजात महालेखापरीक्षण कार्यालयमा पुगेको इकाई प्रमुख शम्भु थापामगरले बताए।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार