Thursday, April 22, 2021

नेकपाको बोर्ड हटाएर एमालेको जिल्ला कार्यालय लेखिएको बोर्ड राखियो

काठमाडौं आइ: तबार पूर्ववत रुपमा एमाले र माओवादी रहेको भन्ने सर्वोच्च अदालतको फैसलापछि खुसी देखिएको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगर–११ मोरङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् । यसअघि विराटनगर महानगरपालिका–११ पाञ्चालीमा पूर्वएमाले र पूर्वमाओवादी मिलेर बनेको नेकपाको जिल्ला कार्यालय थियो । नेकपा विभाजनपछि ओली समूहले गतिविधि बढेको उक्त कार्यालयमा अदालतको फैसलाको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टी एमालेको बोर्ड राखिएको छ ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार