असार १९, काठमाडौं : सत्तारुढ नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले सरकार विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न तयार रहेको बताएका छन् । समाजवाद अनलाईनका प्रधानसम्पादक बाबुराम भुसालसँग कुरा गर्दै नेता रायमाझीले सो कुरा बताएका हुन् । उनले भने, विप्लव बेस्ट नेता हो ।
विप्लवलाई राजनीतिक एजेण्डा उठाउने अधिकार भएको तर अहिले फरक परिस्थिति रहेका कारण शान्तिपूर्ण राजनीतिमा आउनुको बिकल्प नभएको भन्दै विप्लव वार्तामा आउन तयार भए सरकारले उनको पार्टीसँग वार्ता गर्ने बताए । त्यस्तै अर्को प्रशंगमा सरकारले विप्वमाथि प्रतिबन्ध लगाउन सरकारले हतार गरेको समेत बताए । अर्को प्रशंगमा सरकार फेरबदलको बिषयमा पार्टी भित्र कुनै छलफल नभएको बताएका छन् । थप भिडियोमा ।


प्रतिकृया दिनुहोस्