Tuesday, April 20, 2021

सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : फागुन २५ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको हो । पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्नेबारे छलफल गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार