Tuesday, April 20, 2021

अमेरिकामा आठ जनाको गोली हानी हत्या

काठमाडौं : अमेरिकामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा ८ जना मारिएका हुन् । घटनामा परी अरु केही व्यक्ति घाइते पनि भएका छन् । २१ वर्षीय रोबर्ट एरन लङकले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । हाल उनी प्रहरी नियन्त्रणमा छन् । अमेरिकामा ६ एशियाली महिलासहित ८ जनाको गोली हानी हत्या मारिनेमा अधिकांश एशियाली मुलुकका नागरिक छन् । शुरुमा दुई एशियाली महिलामाथि गोली प्रहार गरेका ती ब्यक्तिले त्यसको एक घण्टापछि थप चार एशियाली महिलामाथि गोली प्रहार गरी हत्या गरेको बताइएको छ । दुई जनाको भने उपचारको क्रममा मृत्यु भएको हो । न्यूयोर्क डेली न्युजका अनुसार २ जना एट्लान्टा नजिकैको गोल्ड स्पामा मारिएका थिए भने चार जना एरोमाथेरापीमा मारिएका हुन् ।

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

ताजा समाचार