Date
आइत, माघ ११, २०७७
Sun, January 24, 2021
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

एक बर्षमा इबोला भाईरसले कंगोमा २ हजारको ज्यान गयो

newsdesk by newsdesk
January 28, 2020
in अन्तरवार्ता, विशेष
65 0
0
88
SHARES
409
VIEWS
Share on FacebookShare on Twitter

भदौ १४, एजेन्सी : प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन् ।

उनीहरुका अनुसार उक्त प्रकोपबाट संक्रमितहरुको संख्या तीन हजार जना रहेको थियो । इबोला संक्रमितहरुको संख्या तीन हजार थियो र उनीहरुमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारी अनुसार सो संक्रमणबाट दुई हजार छ जनाको ज्यान गएको छ । ती मध्ये एक हजार ९०१ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो ।

उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा सन् २०१८ को अगष्टमा देखा परेको थियो । पछि सो प्रान्त हुदै कंगोको इतुरी प्रान्तमा सो प्रकोप फैलिएको थियो । स्वास्थ्य अधिकारीहरुले उक्त संक्रमणबाट प्रभावित ९०२ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन् । अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९०२ जना विरामी निको भएको उक्त स्वास्थ्य बुलेटिनमा जनाइएको छ ।

यो संक्रमणको नाम इबोला उत्तरी कंगोको एक नदीको नामबाट राखिएको बताइन्छ । उक्त नदी क्षेत्रमा यस संक्रमणका विरामी सन् १९७६ मा फेला परेका थिए । यो संक्रमणबाट अफ्रिकी देशबाट हजारौँ नागरिकको ज्यान गएको छ । अफ्रिकी देशहरुमा केही वर्षदेखि यसको प्रकोप नराम्रोसँग फैलिएका समाचारहरु आइरहेका थिए । सन् २०१४ देखि सुरु भएको इबोला संक्रमणबाट दुई वर्षमा नै कम्तीमा पनि ११ हजार मानिसको ज्यान गइसकेको बताइएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई महामारीका रुपमा घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य क्षेत्रकै संकटकालका रुपमा घोषणा गरेको थियो । उक्त संगठनको पहलमा खोपको विकास गरी पछि प्रभावित देशका कम्तीमा पनि २ लाख मानिसलाई इबोला विरुद्धको खोप लगाइएको थियो ।

Previous Post

एनसेललाई कर छुट दिने विवादास्पद सर्वोच्चको निर्णय बिरुद्ध नेकपाद्वारा आन्दोलनको घोषणा

Next Post

भारतसँग नेपालको फराकिलो हार

Next Post

भारतसँग नेपालको फराकिलो हार

प्रतिकृया दिनुहोस्


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: mirmiremail@gmail.com
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: marketing@samajbad.tv

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In