सोमबार, मंसिर ३०, २०७६
Samajbad
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय
No Result
View All Result
Samajbad
No Result
View All Result

कोल्फुुखोला दोहनमा प्रहरीको मिलेमतो र जनप्रनिधिको मौनता

newsdesk by newsdesk
November 6, 2019
in प्रदेश, रोजगारी
88 1
0
458
SHARES
554
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट : कार्तिक २०, नुवाकोट जिल्लाको कोल्फुखोलाको तीब्र रुपमा दोहन भईरहेको छ । नुवाकोट जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित कोल्फुखोला दोहन भएको हामीलाई समाचार प्राप्त भएको छ । कोल्फुुखोलाको अबैध दोहनमा स्थानीय प्रहरीको मिलेमतो र स्थानीय जनप्रतिनिधिले पनि मौनता देखिएकाले मोटो रकमको चलखेल भएको स्थानीयको आरोप छ । आफुलाई सत्तारुढ नेकपाको कार्यकर्ता बताउने भिमसेन विडारी र अनुज पुडासैनीले नुवाकोट जिल्लाको कोल्फुखोलाको किनारामा अवैध रुपमा बालुवा उत्खन्न कार्य तीब्र रुपमा सञ्चालन गरेका छन् । कुमरीलाई जिल्लामा माओवादीको प्रभाव क्षेत्र मानिन्छ ।

माओवादी नेताहरुको आडमा सत्ता र शक्तिको दुरुपयोग गर्दै अवैध कार्य जारी राखको स्थानीय जनताको आरोप रहेको छ । स्थानीय रामबहादुर तामाङले समाजवाद डटटिभीसँगको टेलिफोन सम्पर्कमा भने, सर कोल्फु खोलाको ठूलोे बगर क्षेत्रमा अवैध रुपमा बालुवा उत्खन्न् भईरहँदा नगरपालिका र प्रहरीको नियमनकारी निकाय मौन रहेको छ । यो मिलेर खाने दाउ त होईन भन्ने स्थानीय जनतालाई लागेको छ तामाङले भने । बेल्कोटगढी नगरपालिले यो बर्ष अबैध रुपमा उत्खनन गरेको नदीजन्य पदार्थको लिलामी बिक्रिको सुचना जारी गरेको भए पनि सो क्षेत्रमा तस्करलाई सुनपानी छर्कर्ने उपायको रुपमा लिलामिलाई स्थानीयले लिएका छन् ।

यो बर्ष नगरपालिकाले नगर क्षेत्रको कोल्फुखोला र त्रिशुली नदी किनारमा रहेका अबैध बालुवा उत्खनन्लाई लिलामी बिक्रिको बोलपत्र आब्हान गरिए पनि कुमरी क्षेत्रमा भएको अवैध उत्खनन् बारे नगरपालिका र प्रहरी मौन रहनुलाई मिलेमतोको रहेको स्थानीइ बताउँछन् । नगरपालिकाले अधिक मात्रामा नदी दोहन गर्नेहरुलाई राजनीतिक आस्था र पहुँचको आधारमा छुट दिएको स्थानीयको गुनासो रहेको छ ।

नगरपालिकाले कतिपय बालुवा तस्करको अवैध उत्खननलाई वैध बनाउन लिलामि बिक्रिको अबधारणा ल्याए पनि अवैध रुपमा खोला उत्खनन् र नदी जन्य पदार्थको दोहन गर्ने तस्करलाई सुनपानी छर्कन लिलामि बिक्रिको अवधाराणा ल्याईएको स्थानीयको आरोप छ । नगरपालिकाका पदाधिकारीले मोटो रकम लिएर कोल्फुखोलाको कुमरी क्षेत्रमा दोहान गर्ने छुट दिएको एक बालुवा व्यापारी रामप्रसाद नेपालले बताएका छन् । अन्य क्षेत्रका व्यापारीलाई लिलामी र करको हैरानी तर कुमरी र कोल्फु खोलाको व्यापारीलाई छुट किन उनले भने, बालुवा व्यापारीहरुलाई राज्यले करको दायरामा ल्याएकोले उनीहरुले निर्वाधरुपमा व्यापार व्यवासाय गर्न पाउनु पर्ने जिकीर गरेका छन् ।

हेर्नुहोस लिलामीको सुचना ।

नगरपालिकाले अवैधरुपमा उत्खनन् गरेका नदीजन्य सामाग्रीहरुको लिलामी बिक्रि गरेको भए पनि कुमरी क्षेत्रमा अवैधरुपमा सञ्चालित बालुवा खानीहरुले मनोमानी गरिरहेका छन् । यो बारेमा सम्पर्क गर्न खोज्दा बेलकोटगढीका मेयर राजेन्द्र रमण खनालको फोन सम्पर्क हुन सकेन । यो क्षेत्रबाट गत आर्थिक बर्षमा बालुवा निकासी बापत ०७४/०७५मा २५ लाख बराबराको राजस्व संकलन गरेको नगरपालिकाको तथ्याङकमा उल्लेख गरिएको छ । यतिबेला सो क्षेत्रमा करोडौ रकम बराबरको बालवाको अबैध उल्खनन् रहेको स्रोतको दाबी छ । जिल्लाको दुर्गम मानिने सो क्षेत्रमा जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा अबैध बालुवा तस्करी जारी रहेको नाम नभन्ने सर्तमा एक स्थानीयले हामीलाई बताएका छन् ।

Previous Post

भारतको नक्सामा नेपालको कालापानी, सरकार मौन बसेपछि चौतर्फि आलोचना

Next Post

दोधारमा ओली सरकार, प्रहरीले गौर नरसंहारको फाईल खोले दुई तिहाई गुम्ने खतरा

Next Post

दोधारमा ओली सरकार, प्रहरीले गौर नरसंहारको फाईल खोले दुई तिहाई गुम्ने खतरा

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

महरा काण्ड सेलाउन नपाउँदै, चर्चामा नेकपाकै नेता पौडेलका सल्लाहकारको यौनकाण्ड

October 8, 2019

टेलिकमको कार्यालयमा दिउँसै तास खेलिरहेका ७ कर्मचारी पक्राउ

October 25, 2019

गौरमा २८ जनाको नरसंहार मच्चाउने यादवलाई कानुनी दायरामा ल्याउन चौतर्फि दबाब

October 30, 2019

घट्टेकुलोमा बम विस्फोटमा विप्लव नेकपाका विद्यार्थी नेता शाहीको मृत्यु

May 29, 2019

प्रचण्डको राजनीतिक प्रतिवेदन : पार्टीमा अन्योल र गुटबन्दी मौलायो

December 15, 2019

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १२ को मृत्यु, जना १८ घाईते

December 15, 2019
file photo

सिन्धुपाल्चोकमा बस दुर्घटना : ११ जनाको मृत्यु, थुप्रै यात्रु घाइते

December 15, 2019

महिला हत्याको आरोपमा तीन जना पक्राउ

December 15, 2019


सुचना विभाग द.नं. 1364/075-76

संचालकः पशुपति भुसाल
सम्पादकः बाबुराम भुसाल
प्रकाशकः मिर्मिरे सञ्चार प्रा. लि.
फोन: ०१-५९००६६१
ई: [email protected]
ठेगानाः कोटेश्वर-३२, काठमाडौ

हाम्रो समुह

विज्ञापनका लागि

M: ९८४३५३५८२८
E: [email protected]

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष
  • अन्तरवार्ता
  • अर्थ / पर्यटन
  • शिक्षा / स्वास्थ्य
  • भिडियो
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • सम्पादकीय

© 2019 Mirmire Sanchar (P) Ltd. | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In